कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको छ।
चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
ललितपुरस्थित गोदावरी निवासी ५१ वर्षीय श्रेष्ठ मन्त्रालयमा लामो समयदेखि कम्प्युटर अधिकृत तहमा कार्यरत थिए। कोरोना भाइरस संक्रमण देखिएपछि श्रेष्ठलाई वीर अस्पताल भर्ना गरिएको थियो। अन्नपूर्ण पोष्ट् दैनिकमा समाचार छ ।