Logo फाल्गुन १३, २०७७ बिहीबार


नेकपाको तेस्रो चरणको आन्दोलन : सिठी फुकेर प्रगितमनको विरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटन विरुद्धको तेस्रो चरणको आन्दोलन शुरु गरेको छ । नेकपाले काठमाडौंको लैनचौरमा मंगलबार दिउँसो सिठी जुलुस निकालेर तेस्रो चरणको आन्दोलन शुरु गरेको हो ।

जुलुसमा उपस्थित सबैले सिठी फुकेर प्रगितमनको विराधे गरेका छन् । आजदेखि शुरु भएको नेकपाको तेस्रो चरणको आन्दोलनमा पहिलो दिन सिठी जुलुस निकालिएको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार माघ १४ देखि २१ सम्म संविधानसभा सदस्य, संघीय संसद सदस्य, प्रदेश सदस्यलगायतले धर्ना दिने कार्यक्रम हुँदै माघ २८ गते बृहत आमसभा गरेर तेस्रो चरणको आन्दोलन समापन हुनेछ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

सरकारको यस कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै प्रधानमन्त्री ओलीसँग राजनीतिक रुपमा विभाजित भएका पुष्पकमल दाहाल–माधव नेपाल समूहले विभिन्न विरोधका कार्यक्रमहरु गरिरहेका छन् । उनीहरुको यसअघि पहिलो र दोस्रो चरणको आन्दोलन सकेर आजबाट तेस्रो चरणको शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।