Logo फाल्गुन १३, २०७७ बिहीबार


पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । ढुंगानाले न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै सर्वोच्च प्रशासनमा मंगलबार मुद्दा दर्ता गरिएको हो ।

ढुंगानाले गत सोमबार संविधानसभा सदस्य मञ्च नेपालद्वारा आयोजित अन्तरक्रियामा प्रतिनिधिसभा विघटनका बारेमा बहस गर्दा न्यायाधीशविरुद्ध बोलेको आरोप लगेको छ । कार्यक्रममा ढुंगानाले भन्नुभएको थियो, ‘न्यायाधीशहरुले संविधान नाघेर फैसला गर्न सक्दैनन्, उनीहरुको पनि पदीय सुरक्षाको कुरा छ । सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ । हामीले संसारमा देखेका छौं, फिलिपिन्समा त म पुगेकै बेला त्यस्तो भएको छ ।’

उहाँको यस अभिव्यक्तिले न्यायालयको अपहेलना भएको भन्दै अधिवक्ता राजाराम घिमिरेसहित चार जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा आज सर्वोच्च प्रशासनले दर्ता गरेको छ । मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…

गतसाता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।