ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी गरेको छ ।
बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले एक दर्जन बढी सचिवको जिम्मेवारी हेरफेर गर्ने सरकारको तयारी रहेको स्रोतको भनाइ छ ।
प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति घोषणा गरेको सरकारले निर्वाचनका लागि महत्वपूर्ण मानिने गृहमन्त्रालय र निर्वाचन आयोगमा क्रमशः एकनारायण अर्याल र सुरेश अधिकारीलाई लैजाने सम्भावना रहेको बताइएको छ ।
यस्तै अख्तियारमा राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल र श्रम मन्त्रालयका तोयम रायमध्ये एक जनाको सम्भावना रहेको स्रोतको भनाइ छ ।
त्यस्तै गृहका महेश्वर न्यौपाने,निर्वाचन आयोगकी देवकुमारी गुरागाई, राष्ट्रिय योजना आयोगका केवल भण्डारी,प्रधानमन्त्री कार्यालयका महेन्द्र गुरागाई र तिर्थराज ढकाल पनि सरुवाको सूचीमा रहेको स्रोतको दाबी छ ।