Logo फाल्गुन १८, २०७७ मंगलबार


क–कस्ले लगाउन हुँदैन कोरोनाविरुद्धको खोप ?

काठमाडौं । नेपालमा बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । बुधबार शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीलाई पहिलो खोप लगाएर नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिँदै छ ।

पहिलो चरणमा यो खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, चिकित्सक र सरसफाईकर्मीलाई नि शुल्क लगाउने सरकारको तयारी छ । यस्तै वृद्धाश्रम र कैदीखानामा पनि पहिलो चरणमा नै खोप लगाउने सरकारको योजना छ ।

तर यो खोप सबैले लगाउन भने मिल्दैन । अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाले लिन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

साथै यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनु हुँदैन । यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएको छैन ।

तर मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह, शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।