Logo फाल्गुन १८, २०७७ मंगलबार


कपडा बाहिरबाट संवेदनशील अंग छोए यौनहिंसा नहुने अदालतको फैसला

एजेन्सी । भारतको बम्बई उच्च अदालतले कपडा बाहिरबाट संवेदनशील अंगलाई छोए यौनहिंसा नमानिने निर्णय गरेको छ । कपडा बाहिरबाट गरिएको एक यौनहिंसाको फैसला गर्दै यसलाई हिंसा नमान्ने अदालतले निर्णय गरेको हो ।

सन् २०१६ को डिसेम्बरमा एक ३९ वर्षका पुरुषले एक १२ वर्षीया बालिकालाई कपडा नखोलि यौन हिंसा गरेका थिए । बालिकाका परिवारले ती पुरुषविरुद्ध उजुरी दिए । यस मुद्दामा अदालतका न्यायाधीश पुष्पा गनेदिवालाले कपडा नखोलिएकाले यस घटनालाई यौनहिंसा नमानिने फैसला गरेकी हुन्।

उनलाई यौन दुर्व्यवहारको आरोपमा मुम्बईको तल्लो अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो। तर उनले उच्च अदालतमा यस मुद्दामा आफू दोषी भएको विषय उठान गरेका थिए। गत जनवरी १९ मा न्यायाधीश गनेदिवालाले उक्त कार्य यौन हिंसामा नपर्ने बताएकी थिइन्।

अदालतले यो विवादास्पद निर्णय गरेको हो । अदालतको निर्णयले गलत र खराब नजिर स्थापना भएको भन्दै यतिबेला भारतभर यस कार्यको विरोध भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।