Logo फाल्गुन १८, २०७७ मंगलबार


आदिवासी–जनजातीको अबको आवश्यकता समृद्धि : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी र जनजातीको अबको आवश्यकता समृद्धि हासिल गर्नु रहेको बताउनुभएको छ । आदिवासी र जनजातीका विगतका समस्याहरु आधारभूत रुपमा हल भइसकेको बताउँदै गृहमन्त्री थापाले अबको आवश्यकता समृद्धि हासिल गर्नु रहेको बताउनुभएको हो ।

आदिवासी जनजाति महासंघ, नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा भएको राष्ट्रिय भेलामा बोल्दै गृहमन्त्री थापाले आर्थिक सम्पन्नताका लागि राजनीतिक स्थिरता, सरकारको स्थायीत्व महत्त्वपूर्ण रहेकाले आन्दोलनको उद्देश्य पनि प्रष्ट हुनु जरुरी रहेको बताउनुभयो ।

जनजातीहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

गुटबन्दीले राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै थापाले भन्नुभयो, ‘त्यसैले हाम्रो आन्दोलनले एकता ल्याउनु पर्छ। एकताले नै स्थिरता कायम हुनसक्छ। सबै किसिमको विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक छ। अस्थिरता चाहनेले संसद पुनःस्थापन हुनुपर्छ भन्दै हिँडेका छन्। राजनीतिक स्थिरताका लागि संसद विघटन गरेर जनतामा जाने निधो सरकारले गरेको हो। जनतामा जाने सरकारको उद्देश्यलाई तिनले बिथोल्न खोजेका छन्। हाम्रो आन्दोलन एकताका लागि हुन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।