Logo फाल्गुन १८, २०७७ मंगलबार


केपी ओली जनजाती विरोधी होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनजाती विरोधी नभएको बताउनुभएको छ । कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभएको हो ।

आदिवासी जनजाति महासंघको आयोजनामा राष्ट्रिय सभागृहमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको बताउनुभयो । ‘आज देखापरेको यो दोबाटो भनेको जनताको अभिमतलाई मान्ने कि नमान्ने भन्ने नै हो।’ उहाँले भन्नुभयो, ‘संसद विघटनलाई अदालतले पुनःस्थापना गरेन भने…’ भन्दै एकाथरी न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्। तर, हामी कुनै प्रकारले अलमल्लिनु हुँदैन।’

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईंहरू माँझ पनि कुनैबेला ‘केपी ओली जनजाति विरोधी हो’ भनेर भनेका थिए। त्यो तपाईंहरूलाई पनि लागेको थियो होला। तर, त्यो गलत हो। नेपाल १२७ जातजातिको साझा फूलबारी हो। हाम्रो नेपाल देश यही विविध जातजातिका कारण विशिष्ट छ। सरकार यसको विरोधी छैन।’

जनजातिको उत्थानका विषयमा विभिन्न योजनाहरू सरकारले ल्याउँदै गरेको बताउँदै ओलीले भन्नुभयो, ‘सरकारलाई काम गर्न नदिनेहरूसँग जुध्नु आजको आवश्यकता हो।’

प्रतिक्रिया दिनुहोस्
विशेष

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।