Logo फाल्गुन १८, २०७७ मंगलबार


युवालाई प्रतिगमनविरुद्ध उत्रिन नेता रावलकाे निर्देशन

धर्मराज कठायत
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डाक्टर भीम रावलले जनप्रदर्शनमा होमीन युवालाई निर्देशन दिनुभएको छ । धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा प्रदेशका युवाहरुको भेलालाई सम्बोधन गर्दै डाक्टर रावलले असंवैधानिक प्रतिगमनका विरुद्ध युवाहरु एकताबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता धेरै दिन नटिक्ने भन्दै देशका हरेक आन्दोलन सफल पार्न सुदूरपश्चिमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयाे । रावलले भन्नुभयो, ‘सुदूरपश्चिमले धेरै क्रान्तिकारी योद्धा जन्माएको छ, एकपटक पुनः प्रतिगमनका विरुद्ध क्रान्ति गर्ने बेला आयो। तपाईहरु डटेर लाग्नुस् । हामी सबै लागौं ।’

रावलले १७ गतेको कार्यक्रम लक्षित गर्दै भन्नुभयो, ‘१७ गते सुदूरपश्चिमका जनताको विशाल प्रर्दशनले काठमाडाैं थर्कमान हुन्छ, लाखौं जनताहरु प्रदर्शनमा आउँछन् ।

भेलामा नेकपाका केन्द्रीय सदस्य झपट रावल, युवा संघका केन्द्रीय सदस्य दिपक सिंह, प्रकाश रोकाया, युवा संघका केन्द्रीय सदस्य अरुण कुँवर, अनेरास्ववियूका सचिवालय सदस्य युवराज कुँवर, केन्द्रीय सदस्य रोहित कुँवर, युवा संघ कैलालीका अध्यक्ष राजु बम लगाएतको सहभागिता रहेको थियो ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।