Logo फाल्गुन १८, २०७७ मंगलबार


ट्रकको ठक्करबाट महिलाको मृत्यु, दुइजना घाइते

भगीरथ भण्डारी
इलाम । जिल्लामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इलामबाट झापा जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटर साइकललाई ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा माईजोगमाई गाँउपालिका–३ की २६ वर्षीय सन्जु आचार्यको मृत्यु भएको हो ।

आचार्यको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मोटरसाइकलमा सवार मृतकका दुई वर्षीय छोरा सरोज आचार्य र मोटरसाइकल चालक उमेस शाहा घाइते भएका छन् ।

दुवै जनालाई उपचारका लागि झापाको बि एण्ड सी अस्पताल पठाइएको प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताउनुभयो । मृतकलाई कानुनी पकृया पूरा गरी पोस्टमार्टमका लागि इलाम अस्पताल लगिएको छ । ट्रक चालक पाँचथरको हिलिहाङ–७ बस्ने ३६ वर्षीय भवानी प्रसाद तिमल्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो…

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।