इलाममा १४६ जनाले लगाए कोरोनाविरुद्धको खोप

भगीरथ भण्डारी
इलाम । कोरोना भाइरस संक्रमणविरुद्धको खोप इलामका एक सय ४६ जनाले लगाएका छन । बुधबारबाट देश भर शुरु भएको खोप इलामका तीन केन्द्रबाट एक सय ४६ जनाले लगाएका हुन् ।
जिल्लाको इलाम नगरपालिका ,सूर्योदय नगरपालिका र देउमाई नगरपालिका गरी तीन वटा खोप केन्द्रमा बुधबार खोप लगाइएको थियो । जसमा इलाम नगरपालिकाका ४६ महिला र ४२ पुरुष गरी ८९ जना, सूर्योदय नगरपालिकाका ११ जना महिला र १९ जना पुरुष गरी ३० जनामा र देउमाई नगरपालिकाका १४ महिला र १३ पुरुष गरी २७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय इलामका खोप सुपर भाईजर विष्णु वस्तिले जानकारी दिनुभयो ।
खोप लगाउनेमा स्वास्थ्यकर्मि, एम्बुलेन्स चालक र अस्पतालमा कार्यारत कर्मचारी रहेका छन् । इलाममा स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दास र इलाम अस्पतालका मेडिकल सुपरिटेन्ड डा.प्रभु शाहाले खोप लगाएर शुभारम्भ गर्नुभएको थियो ।
यो खोप बुधबारसहित पाँच दिनसम्म चल्ने छ । जसमा जिल्लाका १७ सय जनालाई पहिलो चरणमा खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।