Logo फाल्गुन १३, २०७७ बिहीबार


४५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड

काठमाडौं । धन कमाउने र परिवारमा खुसी ल्याउने लालसा बोकेर परदेशिएका ४५० नेपाली विदेशका जेलमा जीवन काटिरहेका छन् ।

वैदेशिक रोजगार बोर्डले उपलब्ध गराएको तथ्याङक अनुसार २५ जना नेपालीलाई मृत्युदण्डको सजाय तोकिएको छ । वैदेशिक राजगारीको शिलशिलामा गएकाहरुले जान अञ्जानबस गरेको गल्ती र कतिपयले फसाउन खाजेकै कारण उनीहरु जेलदेखि मृत्युदण्डको सजायसम्म भोग्न बाध्य भएका छन् ।

बोर्डको तथ्याङ अनुसार सबैभन्दा बढी यूएइमा १८१ जना नेपाली त्यहाँको जेलमा छन् भने सबैभन्दा कम बहराइनमा ५ जना नेपाली रहेका छन् ।

कुन देशमा कति नेपाली जेलमा ?

यूएईमा – १८१ जना
मलेसिया– ११९ जना
कुवेत– ५७ जना
साउदी अरव जेद्दा –३१ जना
कतार – ३१ जना
साउदी अरव रियाद– २३ जना
वराइराइन – ५ जना
ओमन – ३ जना

विदेशका जेलमा रहेका नेपालीहरुमा ३ महिना सजाय तोकिएकादेखि आजीवन कारावास तोकिएकाहरु सम्म छन् । कुवेतमा ९ जना, यूएईमा ४ जना, कतारमा ३ जना बहराइनमा १ जना गरी ७ जना नेपाली आजिवन कारावासको सजाय काटीरहेका छन् । त्यस्तै २५ बर्ष जेल सजाय पाएका २ जना, १५ बर्ष जेल सजाय पाएका २ जना, १५ बर्ष कम जेल सजाय पाएका ५ जना, १० बर्ष कम जेल सजाय पाएका १९ जना, १ बर्षभन्दा कम सजाय पाएका ४४ जना र ३ महिना कम सजाय पाएका ७५ जना नेपालीहरु विदेशी जेलमा सजाय काटिरहेका छन् । उनीहरुमध्ये केहि आफैले गल्ती गरेका कारण जेलमा परेका छन् भने केहि फसाइएकाहरु पनि रहेको बैदेशिक रोजागर बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले बताउनुभयो ।

जेलमा रहेकामध्ये कति जनालाई त त किन र के मुद्दामा जेल पु¥याइयो भन्नेसम्म थाहा छैन । जसमध्ये जेलमा रहेका २९३ जना नेपालीको जेल सजाय तोकिएको छैन । अरुले फसाएर जेलमा परेकाहरुका लागि वैदेशिक रोजगार बोर्डले सजाय घटाउन र जेलबाट निकाल्न प्रयास गरिराखेको बोर्डका प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार बोर्डबाट प्राप्त तथ्याङ्कमा विभिन्न ६ मुलुकमा गरी २५ जना नेपाली मृत्युदण्ड कुरेर जेलमा बसिरहेका छन् । मृत्युदण्ड तोकिएकैहरु पनि कतिपय नेपालीलाई फसाएको हुनसक्ने बोर्डको आशंका छ ।

मृत्युदण्ड सजाय पाएकाहरु कन देशमा कति जना ?

मलेसिया – १६ जना
साउदी अरव रियाद जेलमा –५ जना
कुवेत – ३ जना
यूएई – १ जना

अरुको देशमा पसिना बेच्न गएका नेपाली कसरी मृत्युदण्ड भोग्ने गरी अपराध गर्न पुग्छन् ? बोर्डको जवाफ छ केहिले रिस र आवेगमा अपराध गरेर मृत्युदण्डको सजाय पाउने गरी अपराध गरेको भेटिएको छ भने केहिलाई फसाएको पाइएको छ । यद्यपी यसका विषयमा गतिलो अनुसन्धान हुन सकेको छैन् । तर, जेलमा भने त्यहाको कानुन र संस्कार नबुझेका कारण पुग्नेहरुको संख्या धेरै छ ।
वैदेशिक रोजगारीमा गएकाहरु मध्ये केहि नेपाली अंगभंग हुनुका साथै कोमामा समेत पुगेका छन् । सवारी दुर्घटना, कामको शिलशिलामा लागेको चोटपटक, लडेर । यस्ता विभिन्न कारणले १८ नेपाली कोमामा पुगेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कुन देशमा कति जना छन् कोमामा ?

कतार – ९ जना
साउदी अरव रियाद– ४ जना
कुवेत – १ जना
यूएई – १ जना
ओमन – १ जना
जापान – १ जना
साउदी अरव जेद्दा – १ जना

कोमामा रहेका मध्ये १५ पुरुष र ३ जना महिला छन् । जसमा २ जना पूर्णरुपमा अर्धचेत अवस्थामा छन् । ४ जना सुधारन्मुख अवस्थामा रहेको बोर्डको तथ्याङ्कले देखाएको छ ।

कोमामा रहेका यस्ता विरामीहरुलाई बोर्डले प्रतिव्यक्ति ७ लाखसम्म उपचार खर्च दिदै आएको छ । आवश्यक परे मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेर सरकारले थप सहयोग पनि गर्दै आएको बोर्डका प्रवक्ता सुवेदीले बताउनुभयो ।

स्वदेशमा रोजगारीको अवसर नपाउँदा विदेश गएका मध्ये विभिन्न कारणले जेल जाने, अंगभंग हुने र ज्यान नै गुमाउने नेपालीको संख्या बढ्दै गएको छ । व्यक्ति जाने देशको नियम कानुन नबुझाइनुका साथै कार्यस्थलमा हुने अवसावधानीका विषयमा सचेत नगराउदा यस्ता समस्या बढ्दै गएको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…