Logo फाल्गुन १६, २०७७ आइतबार


प्रधानमन्त्री कप : पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो ।

टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो । एपीएफका लागि शङ्कर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेलले १९, कमलसिंह ऐरीले १९, कप्तान शरद भेषवाकरले १८ तथा अविनास बोहराले ११ रन बनाए। बलिङतर्फ पुलिसका आरिफ शेखले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

पुलिस क्लबका लागि ब्याटिङ गर्ने क्रममा पवन सर्राफले सर्वाधिक ४० रन बनाए । यस्तै राशिद खानले ३४, ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ तथा सागर ढकालले ११ रन बनाए । बलिङतर्फ एपीएफ क्लबका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिए । एपीएफले अब त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…