Logo फाल्गुन १४, २०७७ शुक्रबार


मुद्दा पारिश्रमिककोः सम्झना पुरानो कुराको

–हरि अधिकारी

देशकै अग्रणी औद्योगिक घराना चौधरी इन्डस्ट्रीजद्वारा स्थापित र परिचालित “लूनकरणदास–गंगादेवी चौधरी कला साहित्य प्रतिष्ठान“ नामक साहित्य र संस्कृतिको क्षेत्रमा रचनात्मक काम गरिरहेको दाबी गर्ने एउटा संस्था छ । त्यस संस्थाले गीत र सङ्गीत, कला र साहित्यको क्षेत्रमा काम गर्ने नेपाली सर्जकहरूमध्ये चौधरी बन्धुहरूको मनले खाएका २–३ जनालाई प्रत्येक वर्ष नगद पुरस्कारद्वारा सम्मान गर्ने गरेको छ । त्यसबाहेक संस्थाले स्मारिका छाप्छ र वर्षको एक पटक हुने पुरस्कार वितरण समारोहमा उपस्थित पाहुनाहरूका बीच बाक्लो चिप्लो कागजमा मुद्रण गरिएको त्यो स्मारिका वितरण पनि गर्दछ ।

केही समययतादेखि भने लूनकरणदास–गंगादेवी चौधरी कला साहित्य प्रतिष्ठानले “अक्षरङ्ग“ नामक एक डिजिटल साहित्यिक पत्रिकाको समेत प्रकाशन गर्दै आएको छ । त्यस पत्रिकाको सम्पादन र व्यवस्थापन टोलीमा ३ जना झापाली कवि÷लेखकहरूः राजेन्द्र शलभ, विष्णुविभु घिमिरे र रमण घिमिरे मुख्यतः संलग्न देखिन्छन् । संयोगले यी तीनैजना त्यस प्रतिष्ठानका मुख्य मानिस, चौधरीभाइहरूमध्ये माइँला, कवि तथा गीतकार वसन्तकुमार चौधरीको लामो समयदेखि सेवा गर्दै आएका, सम्पर्कमा रहेका र विश्वासप्राप्त व्यक्तिका रूपमा चिनिन्छन् ।

आफ्ना विश्वासप्राप्त व्यक्तिहरूलाई कुनै कामको जिम्मा दिनु राम्रो कुरो हो । त्यसमाथि यी तीनैजना महानुभावहरू पत्र–पत्रिकाको काममा अनुभवी भएकाले पत्रिकासम्बन्धी कामको जिम्मा तिनलाई दिनु ठीक मानिसलाई सुहाउँदो कामको जिम्मा दिनु नै हो । एक व्यापारी, त्यो पनि मारवाडीले आफ्नो भरोसाको मानिस नभेटिएसम्म कुनै व्यवसायमा पैसा लगाउँदैन । वसन्त चौधरीले पनि आफ्नो बिश्वास जितिसकेका शलभ र घिमिरे बन्धुहरूको भरोसामा अक्षरङ्गको प्रकाशनमा पैसा लगाएको हुनु पर्दछ ।

पत्रिका प्रकाशनको सौखका कारण यसअघि नै मोटै अंकको रकम डुबाइसकेका वसन्त चौधरीले नयाँ डिजिटल साहित्यिक पत्रिकाबाट पैसा कमाउँने उद्देश्य अवश्य पनि राखेका थिएनन् होला । उनले अक्षरङ्गमा लगानी गर्नुको एउटै कारण नेपाली साहित्यमा एक ठूलो कविका रूपमा स्थापित भइछाड्ने आफ्नो धूनमा त्यस प्रकाशनले धेर–थोर मद्दत पु¥याओस् भन्ने नै हुनु पर्दछ । त्यसमा लगानी गर्ने निर्णय गर्दा वसन्त चौधरीले साहित्यिक क्षेत्रमा जनसम्पर्क विस्तार गर्न चौधरी प्रतिष्ठानका अतिरिक्त अक्षरङ्ग थप एउटा माध्यम बन्न सकोस् भन्ने कुरालाई पनि ध्यानमा राखेका हुँदा हुन् ।

खेदको कुरो, अक्षरङ्गको सम्पादन–समूहले त्यस पत्रिकाको नयाँ अंकमा प्रकाशन स्वामित्वसम्बन्धी जानकारी छापिने पृष्ठमा एउटा घोर आपत्तिजनक सूचना छापेर वसन्त चौधरीले त्यस पत्रिकाबाट राखेका अपेक्षाहरूलाई धुलिसात् बनाइदिएको मात्र होइन, उनको छविमा ध्वाँसो पनि पोतिदिएको छ । भावुक हृदय, संयत र शिष्ट व्यापारी कविको रूपमा चिनिन चाहने वसन्त चौधरीको लगानीमा निस्किने पत्रिकामा छापिने रचनाहरूको पारिश्रमिक सम्बन्धी नीतिको खुलासा यी शब्दमा गरिएको छः “यस पत्रिकामा प्रकाशित रचनाहरूको सर्वाधिकार हामीमा सुरक्षित रहने छ । साथै यसमा प्रकाशित कुनै पनि रचनाका लागि त्यसका सर्जकलाई परिश्रमिक दिइने छैन ।“

संसारभरका धनीमानी व्यक्तिहरूका कुरा गर्ने फोर्ब्स पत्रिकाले भने अनुसार नेपालको सबैभन्दा धनी व्यक्ति विनोद चौधरीका माइँलाभाइ, कवि एवम् गीतकार वसन्तकुमार चौधरीको लगानीमा प्रकाशित हुने अनलाइन म्यागजिनमा यस्तो वाहियात सूचना छापिएपछि नेपाली साहित्य–जगत नै स्तब्ध, विष्मित र क्षुब्ध समेत भएको छ । जाहेर छ–त्यो सूचना भनौँ वा जर्नलका सम्पादकहरूको अहंकार प्रदर्शनले कटु आलोचना निम्त्याएको छ । आजको घडीमा आम नेपालीहरूले हेर्ने, पढ्ने गरेका अधिकांश सामाजिक सञ्चार सञ्जालहरू त्यस घोर आपत्तिजनक सूचनाको निन्दा र भत्सर्ना गरिएका टिप्पणीहरूले भरिएका छन् ।

संसारभरका धनीमानी व्यक्तिहरूका कुरा गर्ने फोर्ब्स पत्रिकाले भने अनुसार नेपालको सबैभन्दा धनी व्यक्ति विनोद चौधरीका माइँलाभाइ, कवि एवम् गीतकार वसन्तकुमार चौधरीको लगानीमा प्रकाशित हुने अनलाइन म्यागजिनमा यस्तो वाहियात सूचना छापिएपछि नेपाली साहित्य–जगत नै स्तब्ध, विष्मित र क्षुब्ध समेत भएको छ ।

नेपाली साहित्यिक पत्र–पत्रिकाका प्रकाशक सम्पादकहरूले आफ्ना प्रकाशनहरूमा छापिने लेख–रचनाका सर्जकहरूलाई पारिश्रमिक दिने सवालमा शुरूदेखि नै आफूलाई गैरव्यवसायिक र लेखकहरूप्रति असम्वेदनशील तत्वका रूपमा प्रस्तुत गर्दै आएका छन् । शुरू शुरूमा जतिबेला पत्रिका प्रकाशन आफैँमा साहित्य–सेवाको एउटा माध्यम मात्र थियो । पत्रिकाले आर्जन गर्ने भनेको वार्षिक ग्राहकले तिर्ने शुल्क मात्रै हुन्थ्यो र कतिपय प्रकाशकहरू आफ्नो सेवाभावका कारण लगातार घाटा बेहोरेर भए पनि पत्रिका चलाइरहेका हुन्थे ।

त्यस समयमा लेखकहरू पनि लेखेर आर्जन गर्ने कुरामा भन्दा आफ्नो सिर्जना प्रकाशमा आए पुग्यो भन्ने स्थितिमा देखिन्थे । त्यतिबेला सायद पारिश्रमिक त्यति ठूलो मुद्दा थिएन ।
नेपाली साहित्यिक पत्रिकाको इतिहासमा कोसेढुङ्गा साबित भएका निजी क्षेत्रबाट प्रकाशित शारदा, कल्पना, इन्द्रेणी, सिंहावलोकन, प्रगति, रूपरेखा, रचना, अभिव्यक्ति, विदेह, सञ्चय आदि पत्रिकाहरू पारिश्रमिक सम्बन्धी खासै ठूलो विवादमा मुछिएका पाइँदैनन् । यी मध्ये अधिकांश पत्रिकाका सम्पादक/प्रकाशकहरूले पत्रिकालाई माध्यम बनाएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खासै ठूलो आर्जन गरेको पनि नदेखिएकोले तिनले लेखकलाई पारिश्रमिक नदिएको विषय उछालमा नआएको हुन सक्दछ ।

रूपरेखाका प्रकाशक सम्पादक उत्तम कुँवरलाई भने यस मामिलाको अपवादका रूपमा लिन सकिन्छ । रूपरेखा नामक साहित्यिक पत्रिकाको खेती गरेर उनले आफ्नो आर्थिक हैसियत निकै मजबूत बनाएका थिए । तर रूपरेखाका लागि लेख्ने लेखकहरूलाई पारिश्रमिक दिने कुराको भने उनी बाँचुन्जेल नै कडा बिरोधी रहे । उनलाई लाग्दथ्यो, बेलामा बेलामा आफ्नो विचार प्रकट पनि गर्दथेः रूपरेखाले छापिदिएर ती मानिसहरूलाई कवि लेखक बनाइदिएको छ । पारिश्रमिक दिने प्रश्नै उठ्दैन ।

पत्रिकाहरूले पारिश्रमिक नदिई कुनै पनि रचना छाप्नु हुँदैन र लेखकले पनि फोकटमा रचना दिनु हुँदैन भन्ने नीतिमा अडीग यो लेखक पनि धेरै प्रकाशक सम्पादकहरूको शोषणको शिकार भएको छ । रूपरेखामा छापिने ताका २०२५/२७ सम्म आफ्नो समयको नामूद त्यस पत्रिकाले छापिदिएर आफूलाई प्रमोसन गरेकोमा अनुगृहित थिएँ, पैसा माग्ने कुरा भएन । पारिश्रमिक नदिएरै लामो समय पत्रिका चलाउँन सकेकोमा गर्व गर्ने अभिव्यक्तिका सम्पादक/प्रकाशक नगेन्द्रराज शर्मालाई मित्रताका कारण फोकटमा केही रचना दिइयो । पारिश्रमिक नदिने अरू अनेक पत्रिकाका कर्णाधारहरूलाई भने पारिश्रमिक बिना रचना दिन ठाडै अस्वीकार गरेर मुख रातो बनाइदिएको अप्रिय अनुभवको डङ्गुर छ मेरो सम्झनाको सन्दुकमा ।

रूपरेखासँग नै जोडिएको एउटा सम्झना उधिन्न चाहन्छु । मधुपर्कमा दिएका केही रचना नछापेको झोंकमा आफ्ना रचना आफ्नै पत्रिकामा छाप्ने अठोटका साथ २०२७ सालमा मित्र ध्रुव सापकोटासँग मिलेर प्रतीक नामक कथा विधामा सम्पूर्णतः केन्द्रित पत्रिका निकाल्ने जमर्को गर्दा हामीले प्रतीकले बिना पारिश्रमिक एक अक्षर पनि छाप्दैन भन्ने घोषणा गर्यौं र त्यसलाई व्यवहारमा पनि उतार्यौं। हामीले दिने पारिश्रमिकको दर मधुपर्कले दिने दरसँग मिलान गरेर राखेका थियौँ ।

दुवै अठार वर्षका युवक हामीले निकालेको प्रतीक एउटा सानो पत्रिका थियो । तर पारिश्रमिक सम्बन्धमा त्यसले लिएको नीतिले त्यतिबेलाको काठमाडौको सानो साहित्य संसारमा स–सानो तरङ्ग नै पैदा गरिदिएको थियो । शंकर लामिछाने, नारायणबहादुर सिंह, परशु प्रधान, अञ्जीर प्रधान पीडित जस्ता लेखकहरू खुशी र अचम्भित पनि थिए–हामीले घरैमा पुगेर पारिश्रमिक दिँदा भने त्यतिबेलाको मूर्धन्य पत्रिका रूपरेखाका कर्ताधर्ताहरू रिसले चूर ! त्यसैताका रूपरेखाले प्रतीकले अख्तियार गरेको पारिश्रमिक नदिई रचना नछाप्ने नीतिको विरोधमा सम्पादकीय नै लेखेको थियो ।

शंकर लामिछाने, नारायणबहादुर सिंह, परशु प्रधान, अञ्जीर प्रधान पीडित जस्ता लेखकहरू खुशी र अचम्भित पनि थिए–हामीले घरैमा पुगेर पारिश्रमिक दिँदा भने त्यतिबेलाको मूर्धन्य पत्रिका रूपरेखाका कर्ताधर्ताहरू रिसले चूर ! त्यसैताका रूपरेखाले प्रतीकले अख्तियार गरेको पारिश्रमिक नदिई रचना नछाप्ने नीतिको विरोधमा सम्पादकीय नै लेखेको थियो ।

लेखकको परिश्रमको मूल्यप्रति उदाशीन वि. सं. २०२७/२८ का रूपरेखाका प्रकाशक रसम्पादक गलत थिए । विज्ञापनबाट राम्रो आम्दानीको सम्भावना भएको आजको समयमा हाकाहाकी हामी पारिश्रमिक दिंदैनौँ भनेर घोषणा गर्ने अक्षरङ्गका सम्पादक÷व्यवस्थापकहरू त झनै गलत छन् । यस्ता आफूले मात्र आर्जन गर्न पाउनु पर्छ अरू सब भर्सेलाम परुन् भन्ने मानसिकता भएका तत्वको जति निन्दा गरे पनि कम हुन्छ ।

( साहित्य र समसमायिक विषयमा कलम चलाउदै आउनुभएका लेखक हरि अधिकारी यसै लेखसँगै जनता समाचारसँग जोडिनुभएको छ । उहाँका चोटिला लेखहरु हाम्रा पाठकले अब उपरान्त देखेको–लेखेको स्तम्भ मार्फत पाक्षिक रुपमा हरेक शनिवार पढ्न पाउनुहुनेछ । सम्पादक)

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।