Logo बैशाख १, २०७८ बुधबार


पेशाकर्मीको भावना विपरित अर्को महासंघ गठन गरियाे : पेशागत महासंघ नेपाल

काठमाडौं । पेशागत महासंघ नेपालले तमाम पेशाकर्मीको भावना विपरित एउटै नामको अर्को महासंघ गठन भएको जनाएको छ । संघले आइतबार विज्ञप्ति जारी गरी केही व्यक्तिहरुको हठात मानसिकताले गरिएको हर्को महासंघको गठन तमाम पेशाकर्मीको भावना विपरित भएको उल्लेख गरेको हो ।

पेशागत महासंघ नेपालको नाममा अर्को महासघं गठन र पूर्नगठन कानूनी प्रक्रियाले दर्ता हुन नसक्ने भएको भन्दै महासंघले यस्तो गलत कार्यबाट आफूहरुको लक्ष्य, उद्देश्य र कार्यमा कुनै असर नहुने जनाएको छ ।

महासंघ निरन्तर अघि बढिरहने प्रतिबद्धतासहित कुनै पनि किसिमको कुप्रचार र भ्रम फैलाउने कार्यप्रति भ्रमित नभइ एकताबद्ध भएर अघि बढ्न सबै पेशाकर्मीलाई विज्ञप्तिमार्फत अपिल समेत गरिएको छ ।

पेशागत महासंघको नाम, लोगो र झण्डा प्रयोग गरेर भेला आयोजना गरी कमिटी निर्माण भएको कुरा सामाजिक सञ्जालमा आएसँगै महासंघले यसलाई अनधिकृत र गलत कार्य भएको भन्दै कसैलाई भ्रममा नपर्न अनुरोधसहित विज्ञप्ति जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…