Logo असार ४, २०७८ शुक्रबार


‘प्रधानमन्त्री ओली राजनीतिक परिवर्तन समाप्त गर्ने बाटाेमा’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्दोलनरत पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताउनुभएको छ ।

सोमबार शहीद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले राजधानीमा आयोजना गरेको बिरोध र्याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको उहाँको भनाइ छ ।

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्ति लगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्यमान्यतालाई पनि सम्मान नगरेको बताउनुभयो । ओलीको जनबिरोधी कदमका विरुद्ध शसक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको उहाँको भनाइ छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उहाँले बताउनुभयो । संसद पुन:स्थापना पहिलो प्राथमिकता रहेको नेता बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…