Logo जेठ ३, २०७८ सोमबार


किस्ता लगेर घर नबनाउँदा आवास निर्माणमा चुनाैति

शिब बोहोरा
म्याग्दी । म्याग्दीमा ६१ प्रतिशत भूकम्प पीडितले निजी आवास पुनर्निर्माण सकेका छन् । पहिलो किस्ता लगेको वर्षौसम्म आवास निर्माण शुरु नगरेकाहरुका कारण पुनर्निर्माणमा चुनौति देखिएको छ ।

२०७२ बैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेका म्याग्दीका ९८१ मध्य हालसम्म ६०२ जनाले आवास पुननिर्माण गरेका हुन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय इकाईका अनुसार ६७६ जनाले दोस्रो किस्ता लगेका छन् । सम्झौता गरेका ८३ जनाले अनुदान लगेका छैनन्।

सम्झौता गरेर पहिलो किस्ता अनुदान नलैजाने र पुनर्निर्माण शुरु नगर्नेलाई लाभग्राहीको सूचिबाट हटाउन ताकेता गरेपनि अहिलेसम्म जिल्लाभर एक जनाले मात्र घर बनाउन नसकेपछि अनुदान फिर्ता गरेका कार्यालयका प्रमुख नारायण ढकालले बताउनुभयो ।

भूकम्पबाट कम प्रभावित जिल्लाको सूचिमा पर्ने म्याग्दीमा २०७३ चैतदेखि सम्झौता र २०७४ मंसिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुननिर्माण शुरु गरिएको थियो । दोस्रो किस्ता वापत डीपीसी गरेपछि एक लाख पचास हजार र भवन बनाएपछि अन्तिम किस्ता वापत एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यविधि छ । चार वर्षअघि पहिलो किस्ता लगेर आवास पुनर्निर्माण शुरू नै नगरेका लाभग्राहीको संख्या ३०५ हुनुले म्याग्दीको पुनर्निर्माणमा चुनौति खडा भएको हो ।

प्राविधिक आउनुअघि बनेका १४२ वटा घरका धनीलाई गत वर्ष एकमुष्ठ दुई लाख पचास हजार रुपैयाका दरले भुक्तानी गरिएको थियो । उनीहरुले यसअघि पचास हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनःसर्वेक्षणबाट थपिएका १८० जनामध्ये १४० जनासँग सम्झौता भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ मंसिर मसान्तसम्म सम्झौता, पुष १५ गतेभित्र पहिलो र माघ मसान्तसम्म दोस्रो किस्ता अनुदान लगिसक्नुपर्ने समय तालिका बनाएको थियो । आवास निर्माण गरेर अन्तिम किस्ता भुक्तानीका लागि आवेदन दिएका लाभग्राहीहरुले प्राविधिकले नापजाँच र भुक्तानीमा ढिलाई गरेको गुनासो गरेका छन् ।

समयतालिका अनुसार अन्तिम तथा तेस्रो किस्ता भुक्तानीका लागि २०७८ बैशाख मसान्तभित्र स्थानीय तहमा निवेदन पेश गर्नुपर्छ । २०७३ पुषमा इञ्जिनियरहरु परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएको थियो । सर्वेक्षण गरिएका मध्य ९८१ लाभग्राही पहिचान भएका हुन् । राजनीतिक र प्रशासनिक पहुँचको आधारमा नक्कली भूकम्प पीडित बनेर पहिलो किस्ता अनुदान लगेपनि आवास पुननिर्माण शुरु नगरेकाहरुको छानविन गरी असुल अथवा आवास निर्माण गर्न लगाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…