Logo बैशाख २९, २०७८ बुधबार


४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ब्रेक थ्रू

म्याग्दी । रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सर्च साफ्टको आइतबार ब्रेक थ्रू भएको छ । रघुगंगा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित नम्बर ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावर लिमिटेडले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङ जोड्ने काम भएको बताउनुभयो ।

“आयोजनाका लागि यो एउटा महत्वपूर्ण उपलब्धी हो,” उहाँले भन्नुभयो “चारवटा अडिटबाट करिब सात सय मिटर सुरुङ निर्माण भएको छ ।” सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

आकस्मिक रुपमा विद्युतगृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ । राहुघाटको सर्च साफ्टको गोलाई दश मिटर छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स (जेपी)ले सर्च साफ्ट निर्माण गरेको हो ।

२०७४ मंसिर ५ गते ६ अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले सुरुङ, विद्युतगृह र बाँध निर्माणको काम एकै साथ अघि बढाएको छ । रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युतगृह निर्माण गरिरहेको ठेकेदारले दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर कच्ची पहुँचमार्ग निर्माण गरेको छ ।

६ किलोमिटर २ सय मिटर लामो सुरुङ निर्माण हुने यस आयोजनाको एक किलोमिटर पेनस्टक पाइप जडान गरेर २९२ मिटर उचाईबाट पानी खसाली विद्युत उत्पादन गर्ने लक्ष्य छ । अधेरीखोलामा अडिट २, पिप्लेमा अडिट ३ र तिल्केनी चौरमा अडिट नम्बर ४ खन्ने कार्य सम्पन्न गरी ति अडिटहरुबाट सुरुङ खन्ने कार्य भइरहेको छ ।

२०७६ कार्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले प्रारम्भिक चरणको काम गरी विस्तृत डिजाइङको कार्यलाई तिब्रता दिएको छ ।

अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…