Logo असार १, २०७८ मंगलबार


प्राध्यापकले दुई घण्टासम्म अनलाईन कक्षा लिए, अन्तमा आफैँ छक्क परे (भिडियोसहित)

एजेन्सी । नेस्नल युनिभर्सिटी अफ सिंगापुरका एक प्राध्यापक आफूले अनलाईन कक्षा लिएको दुई घण्टापछि छक्क परेका छन् । गणित विषयका ती प्राध्यापकले कक्षा लिएको दुई घण्टापछि आफ्नो कम्प्युटरको म्युट बटन अफ रहेको थाहा पाएका हुन् ।

प्राध्यापकले लेक्चर सकेर प्रश्नोउत्तर शुरु गरेपछि सबै विद्यार्थी चुप थिए । त्यसैबीचमा एक विद्यार्थीले दुई घण्टासम्म बटन म्युटमा रहेको र आफूहरूले केही नसुनेकाे बताए । उनले आफूहरुले ६ बजेर ८ मिनेटपछि प्राध्यापकको केही कुरा नसुनेको जानकारी दिए ।

प्राध्यापकले तत्काल घडि हेर्दा ८ बजिसकेको थियो । जब दुई घण्टासम्म आफूले पढाएको विद्यार्थीले नसुनेको थाहा पाए तब प्राध्यापक केही समय छक्क परे र आफैँ चिच्याए । उनले नसुनेको बाँकी पढाइ अर्को दिन गर्ने बताए ।

प्राध्यापकलाई आफूहरुले बटन म्युट भएको बारे संकेत गरेको तर प्राध्यापकले आँखा चिम्लिएर पढाएकाले संकेत नदेखेको विद्यार्थीको भनाइ छ । केही विद्यार्थीले फोन समेत गरेको तर प्राध्यापकको फोन पनि नउठेको उनीहरुको भनाइ छ ।

भिडियाे:

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…