Logo असार १, २०७८ मंगलबार


कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ३३ जनाको पीसीआर परीक्षण गरिएकोमा नेपालमा एक सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २० लाख ९६ हजार सात सय ५० पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा एक हजार सात सय ४४ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा एक सय ९४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६८ हजार दुई सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाविरुद्धको खोप वितरणको दोस्रो चरण आजबाट शुरु भएको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।

जनताकर्मी कमला हमाल कोरोनाविरुद्धकाे खाेप लगाउँदै

दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…