Logo असार १, २०७८ मंगलबार


‘कोटेश्वरको केटो’ लाई एक लाख राशीको साहित्यिक पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतका आधारमा‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो।

पराजुलीका हालसम्म ‘विकल्प यात्रा’, ‘जाडोमा भोक’, ‘सपनामा माक्र्स’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अघोरी’ गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्। यस्तै उपन्यास ‘अनायिका’ र कवितासंग्रह ‘भ्रष्ट संवेदना’ तथा संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’समेत गरी उनका आठ वटा कृति प्रकाशित छन्।

झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य समेटिएको पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ। काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा हो’ कृतिको एक भागमा उनले उनेका छन्।

कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागिसमेत एउटा गतिलो विषय बन्न सक्छ। जिन्दगीका साना–मसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ। त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको इञ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…