Logo बैशाख २८, २०७८ मंगलबार


राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो ।

महोत्सवका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १ सय ५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १ हजार ५ सय शब्दसम्मको निबन्ध माग गरिएको छ । प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र प्रसारित कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नु पर्ने सूचनामा जनाइएको छ ।

कविता तथा निबन्ध प्रतियोगिता समहारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य रहने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा। जगत्प्रसाद उपाध्यायले जानकारी गराउनुभयो । सदस्य सचिव प्रा। उपाध्यायका अनुसार कविता र निबन्ध दुबै विधातर्फ प्रथमतर्फ ५० हजार, द्वितीयतर्फ ४० हजार र तृतीयतर्फ ३० हजार नगद र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…