Logo बैशाख ३१, २०७८ शुक्रबार


लोकतन्त्रको पक्षमा हामीलाई अन्तर्राष्ट्रिय समर्थन रहनेछ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताउनुभएको छ ।

मंगलवार राजधानीमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षद्वय दाहाल र नेपालले लोकतन्त्रको पक्षमा हुने सबैको समर्थनका लागि औपचारिक अपील गरेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले सरकारले वैशाखमा घोषित चुनाव नहुने दाबी गर्नुभएको छ । उहाँले संसद पुर्नस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । छलफलका क्रममा पत्रकारले राखेको जिज्ञासाको जवाफमा अध्यक्ष दाहालले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । आफूहरु निर्वाचन विरोधी नभएको प्रष्ट पार्दै उहाँले शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा आफूहरुको प्रतिवद्धता रहेको बताउनुभयो ।

शान्ति सम्झौतापछि पटकपटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…