Logo बैशाख २, २०७८ बिहीबार


नेपाल–चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा

सिन्धुपाल्चोक । सीमाको पुल मर्मतका लागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ ।

बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो । बन्द भएको २० औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

तोकिएको मितिमा चिनियाँहरुले पुलको मर्मत सकेको र आजबाट दुईदेश बीचको ब्यापार पुनः सुचारु भएको उहाँले बताउनुभयो । आज चीनतर्फबाट माल वस्तु बोकेको ६ वटा कन्टेनर नेपालतर्फ आएको छ ।

चीनतर्फ लोड भएर रहेका थप ४ वटा मालबाहक कन्टेर भने भोली आउने उहाँले बताउनुभयो । बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगपछि २० दिनसम्म चिनीयाँ प्राविधिकले मर्मत सम्भार गरेका थिए ।

कोरोना, बाढी पहिरो जस्ता कारणले यस वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापर प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।