Logo जेठ ३०, २०७८ आइतबार


नेकपा आन्दोलनरत पक्षका युवा विद्यार्थीहरुको राजधानीमा मार्चपास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत पक्ष निकट युवा विद्यार्थीहरुले राजधानीमा मार्चपास गरेका छन् ।

भोलि बुधवार काठमाडौंमा हुन लागेको वृहत जनसभालाई सफल पार्न आह्वान गर्दै युवा तथा विद्यार्थीहरुले राजधानीमा मार्चपास गरेका हुन् । उनीहरुले प्रतिगमन र सरकारको असंवैधानिक निर्णय सच्याउन माग गर्दै नाराबाजी गरेका थिए ।

नेकपाको आन्दोलनरत पक्षले भोलि राजधानीमा वृहत जनसभाको आयोजना गर्दैछ । जनसभा अघि राजधानीका विभिन्न ठाउँहरुबाट र्याली र जुलुश समेत निकाल्ने नेकपाको तयारी छ । यसबारेमा अन्तिम टुङ्गो लगाउन पेरिसडाँडामा अहिले सचिवालय बैठक बसिरहेको छ ।

यसैबीच भोलिको आन्दोलनलाई व्यवस्थित गर्न आवश्यक तयारी गरिएको नेकपाले जनाएको छ ।

कार्यक्रमपछि कार्यक्रमस्थल पुनः सरसफाइ गर्न स्वयम्सेवाका लागि ५ सय जनाको मजदुर स्वयम्सेवीटोली परिचालन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…