Logo बैशाख १, २०७८ बुधबार


हराएका मोटरसाइकल खाेजतलास गरी जिम्मा लगाउँदै ट्राफिक प्रहरी

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाईकलहरु सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका मोटरसाईकलहरु बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगञ्ज, कलंकी लगायतका स्थानबाट फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख भट्टराईले मोटरसाइकल हराउने अवस्था रोकी सवारी धनीलाई मानसिक र आर्थिक क्षतिबाट कसरी बचाउन सकिन्छ भन्नेबारे आफूले उपाय खोजिरहेको बताउनुभयो । सवारी धनी स्वयमले सवारी हराउनु हुन्न भन्नेमा चिन्तित भएर अतिरिक्त सुरक्षाको व्यवस्था गरे हराउने क्रम घट्न सक्ने उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएको मोटरसाइकल र स्कुटर खोज्ने कामलाई तीव्रता दिएको प्रमुख भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…