Logo जेठ २, २०७८ आइतबार


चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको हल्लामा सत्यता भेटिएन : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको यसअघिको अनुमानको खण्डन गरेको छ ।

डब्लुएचओका विशेषज्ञहरूको एक टोलीले चीनको वुहानमा गरेको भ्रमणपछि मंगलवार पत्रकार सम्मेलनकाबीच निष्कर्ष सार्वजनिक गरेको हो ।
उक्त टोलीले चारवटा हाइपोथेसिसको अध्ययन गरेको थियो । पशुबाट मानिसमा सीधै संक्रमण, बीचको एउटा होस्टमार्फत भाइरस मानिसमा प्रवेश गरेको, जमाइएकाे खानेकुरामार्फत भएको संक्रमण तथा प्रयोगशालाबाट भएको संक्रमणबारे अध्ययन गरिएको थियो ।

प्रयोगशालाबाट संक्रमण फैलिएको भन्ने हाइपोथेसिसले भाइरस मानिसमा सरेको कुरालाई खासै व्याख्या गर्न नसक्ने विश्व स्वास्थ्य संगठनका वैज्ञानिक डा पिटर बेन इम्बारेकले बताउनुभयो ।

वुहानको प्रयोगशालाका वैज्ञानिकहरूले लापरवाही गरेर कोरोना संक्रमण फैलाएको भनी चीनको बदनाम गर्ने प्रयास कतिपयले गरेको अवस्थामा विश्व स्वास्थ्य संगठनले त्यसलाई झूटो साबित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…