Logo बैशाख ३१, २०७८ शुक्रबार


राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित बिद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।

नारच्याङको घराप स्थित तातोपानी साना जलविद्युत आयोजनाको सबस्टेशनको क्षमताले धान्न नसकेपछि ५ मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन् । दानामा सब–सबस्टेशन र कुश्माको खुर्कोट जोड्ने प्रशारण लाइन तयार पारेपछि पूर्ण क्षमतामा सञ्चालन र केन्द्रिय ग्रिडमा जोडिएको घलेम्दी हाइड्रोपावरका सञ्चालक प्रमोद श्रेष्ठले बताउनुभयो ।

नेपाल बिद्युत प्राधिकरणले अन्नपूर्ण गाउँपालिका– ३ दानामा गत हप्तादेखि सञ्चालन गरेको २२० केभी क्षमताको सब–स्टेशनबाट घलेम्दीका साथै मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको १३.४ मेगावाट क्षमताको थापाखोला जलबिद्युत आयोजनाको बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ ।

‘प्रशारण लाइन र सबस्टेशन नपाएर एक वर्षसम्म बिद्युत खेर फाल्दा १० करोड र बैंकको ब्याज तिर्दा १० करोड नोक्सान भएको छ,’ घलेम्दी हाइड्रो पावरका सञ्चालक श्रेष्ठले भन्नुभयो “राज्यले समयमा पुर्र्वाधार, अनुकुल नीति र लगानीमैत्री वातावरण बनाउन नसक्दा नोक्सानी ब्यहोर्नु र दुःख पाउनुपरेको छ ।’’

निजी क्षेत्रबाट निर्मित म्याग्दीको पहिलो आयोजना घलेम्दीले ०७६ माघ १६ गतेदेखि परिक्षण उत्पादन सुरु गरेको थियो । दानामा २ सय २० केभी क्षमताको सवस्टेशन र दाना–खुर्कोट प्रशारण लाइन तयार नहुँदासम्मका लागि ३३ केभी क्षमताको तातोपानी साना जलविद्युत आयोजनाको सबस्टेशनबाट एक मेगावाट मात्र बिद्युत बिक्री गर्न सकेको थियो ।
घलेम्दीमा हिउँदमा २.५ मेगावाट विद्युत निस्कीएको छ । थापाखोला जलबिद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको तीन वर्षपछि केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । प्रशारण लाइन र सवस्टेशन नहुँदा थापाखोलाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकेको थिएन् ।

३३ केभी क्षमताको बेनी–जोमसोम लाइनको कोवाङ सबस्टेशनको क्षमताले नधान्दा बढीमा ६.८ मेगावाट मात्रै बिद्युत केन्द्रिय लाइनमा जोडेको थापाखोलाले पूर्ण क्षमतामा चलाउन नपाउँदा ९२ करोड आम्दानी गुमाउनु परेको प्रर्वद्धक माउन्ट कैलाश इनर्जीका अध्यक्ष भरत खड्काले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…