तस्बिरमा नेकपा आन्दोलनरत पक्षकाे जनसभाअघिकाे जुलुस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले गरेको आजको आमसभाका लागि राजधानीका विभिन्न ठाउँबाट जुलुस निस्किएको छ । राजधानीका पाँच ठाउँबाट निस्किएको जुलुसलाई विभिन्न नेताहरुले नेतृत्व गर्नुभएको छ ।
पाँच ठाउँबाट निस्किएको जुलुस सुनधारामा मुल जुलुसमा मिसिएर अघि बढिरहेको छ । मुल जुलुसमा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु समेत सहभागी हुनुहुन्छ ।