Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री ओलीले संघीयतालाई कुर्सीसँग साट्नुभयो : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णालीका प्रदेशका इन्चार्ज एवं स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई कुर्सीसँग साटेको आरोप लगाउनुभएको छ ।

नेकपाले राजधानीमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै शर्माले ओलीले सहिदको बलिदान र संघीयतालाई पद र कुर्सीसँग साटेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘ओलीले हाम्रो संघर्षलाई पदसँग साट्नुभयो । संघीयतालाई कुर्सीसँग साट्नुभयो । संघीयता कुनै सनकबाट पदसँग साटिन सक्दैन ।’  उहाँले नेपाली जनताका अधिकारलाई सुरक्षित गर्न आज आफूहरुले सभा आयोजना गरेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले आजको सभाका जनताको आवाज सुन्नुपर्ने भन्दै आजको जनताको शान्तिपूर्ण आवाज नसुने भोलि यो आवाज विद्रोहमा उत्रन सक्ने चेतावनी समेत दिनुभयो । जनताको आवाज विद्रोहमा उत्रिए संघीयता र संविधान विरोधी तानाशाहरु ध्वस्त हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।