Logo जेठ ३०, २०७८ आइतबार


फिस्टे चराकाे कथा सुनाउँदै खनालले भने, ‘दुईतिहाइ ल्याउने मिस्टर ओलीको खुट्टी हेर्दै पत्यायौँ’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताउनुभएको छ । नेकपाको आन्दोलनरत पक्षले राजधानीमा आज आयोजना गरेको बृहत आमसभामा बोल्दै खनालले ओलीको जमानत जफत हुने बताउनुभएको हो ।

उहाँले आधिकारीक पार्टी हेर्न प्रधानमन्त्री ओलीलाई प्रदर्शनीमार्गको वरिपरी आउन आग्रह समेत गर्नुभयो । । ‘यहाँ आज पार्टी पोखिएको छ । यो भन्दा अर्को आधिकारीक पार्टी हुन सक्दैन ।’ उहाँले एउटा फिस्टे चराको कथा सुनाउँदै भन्नुभयो, ‘मिस्टर केपी ओली तपाइँका खुट्टी हेर्दै पत्यायौँ अब तपाइँले दुई तिहाइ हैन दुई वर्षपछि यो देशमा चुनाव हुन्छ । त्यसबेला हेर्नुहोला मेचीदेखि महाकाली सम्मका १६५ सिटमा तपाइँको जमानत जफत हुँदैछ ।’

नेता खनालले आफूहरु गुटको कुर्सीको लडाइँ नगरको भन्दै केपी ओलीले ध्वस्त गरेको संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति लडिरहेको बताउनुभयो । उहाँले आफूहरु देशको स्थायीत्वका लागि संघर्ष गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…