Logo जेठ ३, २०७८ सोमबार


ओलीलाई नेपालकाे सुझाव, ‘अध्यक्ष लेख्न मन भए ओली फाउण्डेसनका अध्यक्ष लेख्नुस’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका अध्यक्ष नभएको बताउनुभएको छ ।

नेकपाको आन्दोलनरत पक्षको राजधानीमा भएको आमसभालाई सम्बोधन गर्दै नेपालले ओली नेकपाको अध्यक्ष नभएर ओली गुटको मात्र अध्यक्ष भएको बताउनुभएको हो ।

ओलीलाई आफू अध्यक्ष नै लेख्न मन भए ओली फाउण्डेसनको अध्यक्ष लेखे हुन्छ भन्दै अध्यक्ष नेपालले सुझाव दिनुभयो । उहाँले ओलीले आजको यो जनसमुदायको भावनालाई बुझ्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओलीले मदन भण्डारीको नाम बिर्सिएर पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ । पशुपतिले असल मानिसलाई मात्र रक्षा गर्छ । गलत प्रवृत्तिका मानिसलाई पशुपतिले पनि रक्षा गर्न सक्दैन ।’ अध्यक्ष नेपालले केपीको शासनकालमा सात हजार एक सय ७० नेपाली चेली बलात्कृत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आम नेपाली जनताले केपी ओलीलाइ धिक्कार गरिहेका छन् । पशुपतिनाथले पनि उनलाई धिक्कार गर्छ । ओलीको पापलाई बत्ति बालेर कसैले पनि धोइपखाली गर्न सक्दैन ।’

उहाँले भ्रष्टाचारको पैसा खर्च गर्दा, भाडामा लिएर आउँदा पनि केपीको सभा सानो भएपछि सिंगै ओली समूह निरास भएको आरोप समेत लगाउनुभयो । निर्वाचन आयोगको पत्र अनुसार आफूहरुसँग ४४१ मध्ये तीन सय बढी केन्द्रीय सदस्य आफूहरुसँग भएको भन्दै बहुमत आफूहरुको भएको र आधिकारीक पार्टी आफूहरुकै भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…