Logo बैशाख ३१, २०७८ शुक्रबार


अब पनि जनतालाई नबुझे लाखौँको संख्याले सिंहदरबार र बालुवाटार घेर्नेछन् : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको संख्याले सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएकाे छ ।

नेकपाको आन्दोलनरत पक्षले राजधानीमा आज आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब पनि ओलीले नबुझे सिंहरदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हुने चेतावनी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले सभा कस्तो हुन्छ हामी देखाउँछौँ भन्नुहुन्थ्यो । केपी जी ! देख्नुभयो सभा कस्तो हुँदो रहेछ ? जनताकाे प्रदर्शन कस्तो हुन्छ ? अझै पनि तपाईले जनतालाई बुझ्नु भएन भने लाखौँको संख्यामा सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा आयोजना गर्ने छौँ ।’

यो जनताको उपस्थिति सर्वोच्चका न्यायाधिसले पनि देखेको बताउँदै उहाँले अदालतले प्रतिनिधि सभा पुन:स्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? सबैले बुझ्न जरुरी छ। संविधान निर्माण गर्दा राणाले बनाएको संविधानदेखि सबै संविधानबाट शिक्षा लिएर नेपालका लागि सबै जनताको हित हुने कुरालाई सोचेर बनाएका हाैँ । आजको यो सभाको उपस्थितिले पनि सर्वोच्चलाई निर्णय गर्न सहज भएको छ । यदि जनताको पक्षमा निर्णय भएन भने देशमा आँधी आउँछ, हुरी आउँछ र शान्तिपूर्ण क्रान्ति हुन्छ ।’

अध्यक्ष दाहालले ओलीलाई अझै पनि जनताले थोरै ठाउँ दिन्छन् भन्दै राजिनामा दिएर पश्चातापको वक्तव्य जारी गर्ने सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…