Logo बैशाख ३१, २०७८ शुक्रबार


ओलीको प्रतिगमनविरुद्ध मधेसको ‘चलो काठमाण्डु’ ( फोटो फिचर )

हनिशराज पन्त/जनतासमाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले प्रतिनिधि सभा विघटनको विरुद्ध बुधवार काठमाडौंमा आयोजना गरेको आमसभामा उल्लेख्य संख्यामा नेता, कार्यकर्ता र जनताको सहभागीता रहयाे ।

आयोजकको दाबी अनुसार जनसभामा कम्तिमा तीनलाख जनाको सहभागीता रहेको थियाे ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेकपा आन्दोलनरत पक्षको आह्वानमा गाउँगाउँबाट यति धेरै जनता राजधानीमा भेला भएका हुन् । तेस्रो चरणको जनआन्दोलनका रुपमा हेरिएको यस विरोध प्रदर्शनमा यसपटक मधेसको उल्लेख्य सहभागीता रह्याे ।

प्रधानमन्त्रीको प्रतिगामी निर्णय विरुद्ध बुधवार आयोजना गरेको जनप्रदर्शनमा सहभागी हुन माघ २६, २७ गतेदेखि नै मधेशी मुलका जनताहरुहरुको राजधानीमा आगमन शुरु भएको थियो । माघको यो चिसोमा पनि ढुंगाले छेड्ला जस्ता पातला चप्पल र पातला कपडामा हातमा पोको बोकेर बुढाबुढीदेखि केटाकेटीसम्मका मधेशी मुलका मानिस आमसभाकै लागि भनेर राजधानी आएका हुन् ।

नेकपा संघर्ष समितिले राजधानीमा प्रदेश २ बाट ३० हजारभन्दा बढी मधेसी जनता सहभागी भएको दाबी गरेको छ । प्रदेश २ सरकारलाई केन्द्रीय सरकारले शुरुदेखि नै असहयोग गर्दै आएको छ । कतिसम्म भने प्रदेश नामकरण र राजधानीका विषयमा भएको मतदान समेत केन्द्रीय सरकारकै निर्देशनमा अनिर्णीत बनेको थियो ।

यसलाई मधेसी दल र मधेसका जनताले प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्र सरकारको पहिचान र मधेसविरोधी सोंचको उपज मानेका छन् । यसले गर्दा प्रदेश २ का सरकार र जनता दुवै प्रधानमन्त्री ओलीसँग असन्तुष्ट थिए । त्यहि असन्तुष्टि बुधवारको सभामा देखिएको मधेसका एक पत्रकारले बताए ।

सरकारको विरोधमा राजधानीमा आयोजना गरिएको विरोध प्रदर्शनमा प्रदेश २ बाट ३० हजार बढी उपस्थित हुनुले प्रधानमन्त्री ओली र केन्द्र सरकारसँग उनीहरुको असन्तुष्टि छर्लङ्ग भएको ती पत्रकारले बताए । नेकपाकाे जनसभामा देखिएकाे मधेशीकाे उपस्थितिले भारतमा जारी किसानकाे ‘चलाे दिल्ली’ आन्दाेलनकाे झल्काे दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…