Logo जेठ ३०, २०७८ आइतबार


सरकारको निर्णयविरुद्ध महिलाहरुको विरोध : अझै कति सहने ?

काठमाडौं । ४० बर्ष मुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य आवश्यक गर्ने अध्यागमन विभागको निर्णयको महिलाहरुबाटै विरोध भएको छ ।

अध्यागमन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ । कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको विभागले जनाएको छ ।

यस्तै मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ । त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य गरिएको छ ।

तर महिला अधिकारकर्मीहरुले भने अध्यागमन विभागले संसोधनकालागि प्रस्ताव गरेको कार्यविधिले महिलाको स्वतन्त्रताको हक र मौलिक हकमा प्रहार भएको दाबी गरेका छन् । बुधवार जारी विज्ञप्तिमा भनिएको छ–सरकार तानाशाही बन्दै छ, लामो समयको अथक प्रयास पछि बल्ल हामीले महिला स्वतन्त्रताको हक संविधानमा सुनिश्चित गरेर ल्याएका हौं । कति महिलामैत्री आन्दोलनले ल्याएको अधिकारमाथि भएको प्रहार हामीलाई सह्य नरहने पनि जानकारी गराउदछौँ । नेपालको संविधानले दिएको मेरो मौलिक हक माथिको प्रहार म माथिको प्रहार भनेर बुझ्न सबैलाई अनुरोध पनि गर्दछौँ ।

“अझै कति सहने“ अभियानका तर्फबाट जारी विज्ञप्तिमा चाँडो भन्दा चाँडो यो प्रस्ताव फिर्ता लिएर महिलाको अधिकार हनन हुनबाट रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । यो प्रस्ताव फिर्ता नभए “अझै कति सहने“ अभियानले देशैभरि यो प्रतिगमनको विरुद्ध अभियानहरु गर्ने चेतावनी पनि दिएको छ ।

चेलीबेटी बेचबिखन र बैदेशिक रोजगारमा रहेका महिलामाथि हुने अन्यायका बिरुद्ध कसैको मौलिक हकमाथि प्रहार गर्न नहुने जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…