Logo बैशाख ६, २०७८ सोमबार


अध्ययन गरेर मात्र मुद्दा चलाउनु पर्छ : महान्यायाधिवक्ता खरेल

भगीरथ भण्डारी
इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताउनुभएको छ । उच्च सरकारी वकिल, कार्यालय इलामको नवनिर्मित कार्यालय भवनको भर्चुवलबाट उद्घाटन गर्दै खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउन निर्देशन दिनुभएको हो ।

अपराध गर्ने मान्छेले पनि सर्तकताका साथ अपराध गरिरहेको हुन्छ भन्दै खरेलले प्रमाणहरु जुटाउनु सरकारी वकिलहरुको गम्भीर दायित्व रहेको बताउनुभएको हो । सुविधा सम्पन्न भवनमा बसेर मात्र नहुने भन्दै खरेलले काम पनि सुविधा अनुसार गर्नुपर्ने बताउनुभयो ।

उच्च सरकारी कार्यालय इलामले भ्याट बाहेक तीन करोड २२ लाख पाँच हजार तीन सय रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित पाँच तले भवनमा १८ वटा कोठा छन् । लिफ्टसहित अपाङ्गमैत्री, पस्तकालय, अभिलेखालय कक्ष, सभाहलको सुविधा रहेको उच्च सरकारी वकिल कार्याल इलामका सह न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले बताउनुभयो ।

२०७८ जेठ २३ गते सम्ममा भवनको निर्माण सम्पन्न गर्नेगरी २०७६ जेठ २४ गते जोशी नायग्रा शंकर जे.भि. इलामले निर्माणको ठेक्का लिएको थियो । ठेकेदार कम्पनिले भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मिति भन्दा अगाडिनै जिम्मा लगाएको छ । उद्घाटन कार्याक्रममा कार्यालयमा लामो समयदेखी उत्कृष्ट काम गरेको भन्दै पाँच जना कर्मचारी सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…