Logo जेठ ३०, २०७८ आइतबार


दुई भारतीयले सगरमाथा चुचुरोमा नपुगी प्रमाणपत्र लिएको पुष्टि

काठमाडौं । सगरमाथा चढेको झुठो विवरण पेश गरेर दुई भारतीयले आरोहण प्रमाणपत्र लिएको पुष्टि भएको छ । सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनीहरुलाई २० मे २०१६ देखि लागू हुने गरी ६ वर्ष पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरुको प्रमाणपत्र रद्द गरिने जानकारी समेत दिएको छ ।

उनीहरुले झुठो विवरण पेश गरेको भन्ने उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको र अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले भारतीय नागरिकलाई आरोहणको प्रबन्ध मिलाउने सेभेन समिट ट्रेक प्रालिलाई ५० हजार जरिवाना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।