Logo बैशाख ६, २०७८ सोमबार


नेकपा नेतृ रामकुमारी झाँक्री घरबाटै प्रहरी नियन्त्रणमा, पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी) (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई जना महिला प्रहरीसहित सादा पोशामा झाँक्रीलाई पक्राउ गर्न उनको घरमा पुगेको थियो । नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुगेपछि नेकपाका नेता कार्यकर्ताले ‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’ भन्ने नारा लगाइरहेका छन् ।

पक्राउ गर्न प्रहरी घरमै पुगेपनि नेतृ झाँक्रीले पत्रकार सम्‍मेलन गरेकी छन् ।

पत्रकार सम्मेलनका क्रममा झाँक्रीले प्रहरीले सुोधपुछका लागि बोलाएको जानकारी दिएकी छन् । नेतृ झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले उनको शंखमुलस्थित घरमै पुगेर नियन्त्रणमा लिएको हो । प्रहरी अपराध महाशाखाको टोलीले सोधपुछका लागि बोलाएपनि उपस्थित नभएपछि उनको घरमै पुगेर नियन्त्रणमा लिएको हो । झाँक्रीलाई अहिले मीनभवनस्थित प्रहरी अपराध महाशाखामा ल्याइदैछ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रवक्ता कृष्णप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीमाथि लक्षित गरी अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि झाँक्रीलाई बोलाइएको बताउनुभयो ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

 

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…