Logo बैशाख २, २०७८ बिहीबार


बोलाउँदा नआएपछि नेकपा नेतृ झाँक्रीकाे घरमै प्रहरी

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न प्रहरी उनकै घरमा पुगेको छ । सोधपुछको लागि आफै प्रहरीमा उपस्थित हुन निर्देशन दिएपनि झाँक्री उपस्थित नभएकाले यतिबेला उनको बानेश्वरस्थित घरमै प्रहरी पुगेको हो।

घर बाहिर सादा पोशाक र पोशाकसहित प्रहरी पुगेका छन् । झाँक्री भने घरबाट बाहिर निस्केकी छैनन् । प्रहरीले झाँक्रीलाई घरबाट बाहिर आउन भनिरहेको छ । उनी भने पत्रकारहरुसँग घरभित्रै अन्र्तक्रिया गरिरहेकी छिन् ।

यसअघि सोधपुछका लागि प्रहरी कहाँ नपुगे पक्राऊ गर्ने तयारी गरिएको थियो । अपराध अनुसन्धान महाशाखाले सोधपुछका लागि डाकेकोमा उनी जान मानेकी थिइन् । प्रहरी स्रोतले माथिबाटै आदेश आएकाले झाँक्रीलाई पक्राउ गर्न लागिएको जनायो ।

आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका थिए । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।