Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमा सरकारविरुद्ध नाराबाजी,‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’

काठमाडौँ । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेपछि घरबाहिर नाराबाजी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको आरोपमा पक्राउ गर्न प्रहरी नेतृ झाँक्रीको शंखमुलस्थित घरमा पुगेको हो । उनको घर बाहिर भेला भएका समर्थक तथा कार्यकर्ताले सरकार–प्रहरीविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

‘प्रहरी प्रशासन–मुर्दावाद’ भन्दै बाहिर नाराबाजी भइरहेको छ । नेकपाका नेता कार्यकर्ताले ‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’ भन्ने नारा लगाइरहेका छन् ।

अहिले झाँक्रीको घरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । झाँक्रीले राजनीतिक अभियोग भएकोले पक्राउ पुर्जी लिएर आउन आग्रह गरेकी छिन् ।

झाँक्रीले आफ्ना समर्थकहरुसँगै प्रहरी कार्यालयमा गएर गिरफ्तारी दिने बताएकी छिन् । तर त्यसअघि उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने भन्दै प्रहरीसँग छलफल गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…