Logo जेठ ३०, २०७८ आइतबार


कालोपत्रे गुणस्तरहीन : अनुगमन र कारबाही गर्ने निकाय मौन

आशिष बहदुर सिंह
बझाङ । बागथलादेखि भोपुरसम्मकोे जयपृथ्वीबहादुर सिंह सडकमा कालोपत्रे गर्ने कार्यमा कमसल काम भएको भन्दै स्थानीय नागरिकले विरोध गरेपनि अनुगमन र कारबाही गर्ने निकाय मौन बसेको छ । नेकपा निकट युवा संघ र अनेरास्ववियूका नेताहरुले ठेकेदारले सडकमा गरेको कालोपत्रे गुणस्तहीन भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

नेरास्ववियूका केन्द्रीय सदस्य रामचन्द्र रोकायाका अनुसार प्रमुख जिल्ला अधिकारीलाई स्थलगत अनुगमन गराउँदासमेत कारबाही प्रक्रिया अगाडि बढेको छैन ।

सडक कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमांडौलाई सो सडक कालोपत्रे गर्नका लागि काम गराईरहेको छ । हातले उप्काउन मिल्ने गरी कालोपत्रे भइरहेको सुनेपछि अवलोकन गर्न जाँदा कमसल काम गरेको फेला पारेको नेकपाका नेता नरेन्द्र खडकाले बताउनुभयो । राज्यको रकमलाई यसरी दुरुपयोग नगर्न निर्माण कम्पनीका प्रतिनिधिलाई अनेरास्ववियूका नेता पुष्पलाल रोकायाले आग्रह गरेका छन् ।

निर्माण कम्पनीका प्रतिनिधि हरिप्रशाद खनालले भने केही ठाउँमा माटोको माथि कालोपत्रे गरेको हुनाले काम गर्दा गल्ती भएको स्वीकार गरेका छन् । कमसल काम भएको स्थानमा पुनः काम गर्ने वचन दिएपनि समय अभावले काम नगरिएको र असार मशान्तसम्म म्याद थपिएकाले सो अवधिमा सडक कालोपत्रे गरिसक्ने उहाँले जानकारी दिनुभएको छ ।

कोभिडको कारण हामीले सम्झौता मितिमा काम गर्न नसकेकाे कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…