Logo जेठ ३०, २०७८ आइतबार


निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम

धनुषा । प्रदेश २ सरकारले प्रदेश निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष कामय गर्ने निर्णय गरेको छ ।

प्रदेश २ मा रहेका सम्पूर्ण निजामती कर्मचारीले ६० वर्ष पुगेपछि अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था गरेको निजामती सेवा ऐन, २०७७ लाई प्रदेश प्रमुख तिलक परियारले आज (बिहीवार) प्रमाणीकरण गर्नुभएको हो ।

अबदेखि प्रदेश २ का प्रदेश निजामती कर्मचारीले पेश गरेको नागरिकताको प्रमाण पत्र वा कुनै उमेर खुलेको प्रमाण पत्रको आधारमा ६० वर्ष पुगेपछि अनिवार्य अवकाश लिनुपर्ने भएको छ ।

त्यस्तै, स्वेच्छिक अवकाशको हकमा ५३ वर्षको उमेर हद तोकिएको छ । कुनै पनि प्रदेश निजामती कर्मचारीले ५३ वर्ष उमेर पार गरेपछि निवृत्तिभरण लिएर अवकाश लिन पाउने व्यवस्था ऐनमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…