Logo बैशाख २९, २०७८ बुधबार


सबै डेरावाला पनि दुधले नुहाएका हुँदैनन् : सानी घरबेटी श्वेसा खनाल (भिडियोसहित)

काठमाडाैं । हाँस्य कलाकार सुबोध गौतमले रिबन काटेर सत्तामा पुग्ने भनेको सत्य युगमा मात्र भएको बताएका छन् । उनले कलियुगमा त अर्कोको घाँटी काटेर सत्तामा पुग्ने भन्दै नेताहरुमाथि व्यङ्ग्य गरेका छन् ।  जनता टेलिभिजनमा प्रत्येक बुधबार प्रसारण हुने ‘नेपाली कमेडि शो’ को नयाँ श्रृङ्खलामा  उनले स्वस्थानी व्रत कथा वाचनको शैलीमा नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति व्यङ्ग्य गरेका हुन्।

त्यसैगरी कान्छी शाे मा हाँस्यकलाकार श्वेसा खनालले घरबेटी र डेरावालबीचका विभिन्न विषयलाई उठाएर दर्शकलाई हँसाएकी छन् । उनले सबै मानिसले आफ्नो घरबेटी यस्तो उस्तो भन्दै नराम्रो कुरा सुनाउने गरेकाे तर सबै डेरावाला पनि दुधले नुहाएको नहुने बताइन् ।

उनले आफ्नै घरमा चार जना मात्र बस्ने भनेर लिएको फ्लाइटमा आठ जना बस्ने गरेको सदर्भ जोड्दै डेरावाला पनि कम नहुने बताइन् । उनले परिवारभन्दा विद्यार्थीलाई भाडामा दिँदा राम्रो सोचेर दिएको तर बस्न त चार जना नै बसेपनि प्रत्येक दिन फरक-फरक मान्छे हुने भन्दै एक वर्षसम्म कोठामा बस्ने खास चार जना को थिए चिन्न नसकेको भनि भाडावाला विद्यार्थीका बारेमा पनि व्यङ्ग्य गरिन् ।

श्वेसाले निश्कर्षमा सबै घरबेटी खराब नहुने र सबै डेरावाला राम्रा पनि नहुने बताइन् ।

हाँस्य कलाकार दिपेन्द्र प्रसाइँले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरेर युवायुवतीप्रति व्यङ्ग्य गरेका छन् । उनले विवाहअघि लभमा हुँदासम्म केटाहरुलाई ‘भ्यालेन्टाइन डे’ ठूलो पर्व लाग्ने तर विवाहपछि यसको नाम पनि सुन्न नचाहने भन्दै पुरुष आचणप्रति व्यङ्ग्य गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…