Logo जेठ ३०, २०७८ आइतबार


नेतृ झाँक्रीलाई गलत कानून लगाउने प्रयास भयो : कानूनविद्

काठमाडौं । सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने निर्देशिका जारी गर्ने तयारी गरिरहँदा अभिव्यक्तिकै कारण नेकपा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेको छ ।

पक्राउ पुर्जी ल्याउन आग्रह गरेपछि प्रहरीले झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएका थिए ।

के छ संहिताको दफा ५८ मा ?

संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेबारे व्यवस्था छ ।

संहितामा भनिएको छ– ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानूनबमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।’

नियोजित रुपमा गलत कानून लगाउने प्रयास

कानुनविदहरुका अनुसार झाँक्रीले राष्ट्रपतिलाई धम्की दिने वा उनको कार्यसम्पादनमा रोक लगाउने वा बञ्चित गराउने कुनै काम गरेकी छैनन् । त्यसैले नेतृ झाँक्रीलाई गलत कानुन प्रयोग गरेर पक्राउ गरेको उनीहरुको तर्क छ । झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गर्नै नमिल्ने अवस्था भए पनि लामो समय जेलमा राख्ने उदेश्यले नियोजित रुपमा गलत कानून लगाइएको उनीहरुको भनाइ छ । यो कसुर प्रमाणित भएमा झाँक्रीलाई सात वर्षसम्म कैद हुन सक्छ ।

सरकार र राष्ट्रपतिको कामको आलोचना गर्न संविधानमा छुट छ 

कानूनका जानकार टीकाराम भट्टराईले झाँक्रीले गोरखामा दिएको अभिव्यक्तिले राज्यविरूद्धको कसुरको दफा ५८ आकर्षित नहुने दाबी गर्नुभयो । ’राज्यविरूद्धको कसुर यो संविधान मान्दिनँ भन्ने मान्छेलाई मात्र लाग्ने बताउदै उहाँले संविधानअनुसार बनेका सरकार र राष्ट्रपतिले गरेको कामको आलोचना गर्नेलाई नलाग्ने बताउनुभयो ।

बोलेकै भरमा कुनै नागरिकमाथि राज्यविरूद्धको कसुर लगाउने हो भने अहिलेको असंवैधानिक कदमविरूद्ध बोल्नै लाखौं मानिस जेल जाने संविधानविद् भीमार्जुन आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…