Logo बैशाख ५, २०७८ आइतबार


‘सभामुखसँग परामर्श नगरी प्रतिनिधि सभा विघटन गर्न मिल्दैन’

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाका वकिलले प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीले सभामुखसँग परामर्श गनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको संवैधानिक अदालतमा सभामुख सापकोटाको तर्फबाट बहस गर्दै श्रीकृष्ण सुवेदीले सभामुखसँग परामर्श नगरी प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीलाई संसदले पूर्ण सहयोग गरेको बताउँदै सुवेदीले भन्नुभयो, ‘संसदले सरकारलाई असहयोग गरेको छैन। नक्शा पारितमा अभुतपूर्व एकता थियो। नीति तथा कार्यक्रममा कुनै अवरोध छैन’, प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको बताउँदै उहाँले भन्नुभयो, ‘सभामुखसँग कुनै परामर्श नगरी अधिवेशन अन्त्य गरियो ।’

सांसदहरुले उठाएका प्रश्नमा ध्यानाकर्षण गराउँदा पनि प्रधानमन्त्री तथा मन्त्रीहरुले संसदीय समितिमा उपस्थित नभएर संसदकै अपमान गरेको सुवेदीको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।