Logo बैशाख ३, २०७८ शुक्रबार


झाँक्रीको निसर्त रिहाइको माग गर्दै अपराध महाशाखा परिषरमा नाराबाजी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीलाई लिएर नेकपा कार्यकर्ताले महानगरीय प्रहरी अपराध महाशाखा परिषरमा नाराबाजी गरेका छन् ।

अनेरास्ववियूका नेता तथा कार्यकर्ताहरुले नेतृ झाँक्रीको निसर्त रिहाइको माग गरेका छन् । उनीहरुले अभिव्यक्ति स्वतन्त्रता खोसेर ओली सरकार थप निरंकुशबन्दै गएको बताए । नेतृ झाँक्रीलाई भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई लगायतका नेताहरु अपराध महाशाखा पुग्नुभएको छ ।

यसैबीच नेकपाले नेतृ झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ती जारी गर्दै झाँक्रीलाई निसर्त  र अविलम्ब रिहा गर्न माग गर्नुभएको हो ।

‘पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

यो अन्तिम लडाईं : झाँक्री

प्रहरी नियन्त्रणमा रहेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाईं भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले राज्यविरुद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको पुष्टि गर्दै आफू अपराध अनुसन्धान मीनभवनमा रहेको जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ–सबै साथीहरुले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं ।”

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्–राज्यविरुद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभवनमा छु । सबै साथीहरुले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं ।”

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…