Logo जेठ ३०, २०७८ आइतबार


‘जनताको आर्थिक समृद्धिमा प्रदेश सरकार अग्रसर’

पुष्पराज अधिकारी
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेश सरकारले आर्थिक समृद्धिको क्षेत्रमा काम गरेको बताउनुभएको छ ।

प्रदेश प्रमुख प्रसाईँले बागमती प्रदेश सरकार  तीन वर्षको अवधिमा सामाजिक न्यायसहितको उच्च तथा दिगो आर्थिक वृद्धिदर हासिल गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा सुधार जस्ता क्षेत्रमा प्रदेश सरकार लागि परेको बताउनुभयो । प्रदेश सरकारले प्रशंसनीय कार्य गरेको बताउनुहुँदै प्रदेश सरकारलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो।

यस्तै, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले नमूना काम गरेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा रहेका कानुन निर्माणमा केही असहजता रहेको औँल्याउदै संघीयता खर्चालु हुन्छ भनेर प्रचार गरिए जस्तो नभएको बरु विकास निर्माणका कार्यहरुमा सकारात्मक अवस्था देखिएको बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार स्थापनाको सुरुवाती चरणमा नीति निर्माणको काम गरेको भन्दै अहिले आर्थिक रुपान्तरणको काम पनि शुरु गरेको बताउनुभयो । योजनावद्ध ढंगबाट प्रदेश सरकारले काम गरिरहेको उहाँले दाबी गर्नुभयाे।

मुख्यमन्त्री पौडेलले सुरुवातमै आवधिक योजना बनाएर प्रदेश सरकारले काम गरेको र नतिजाहरु देखिन थालेको बताउनुभयो । प्रदेश सरकारले पारदर्शितासहित सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरेको सरकारको विरुद्धमा चौतर्फी आक्रमण भइरहेको उहाँकाे भनाइ थियो ।

प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेले प्रदेश सरकारले तीन वर्षको अवधिमा एक खर्ब ३३ करोड रुपैयाँ खर्च गरेको र प्रदेशको पुँजीगत खर्चको अवस्था ५४ प्रतिशत रहेको बताउनुभयो । प्रदेशको आम्दानीको अवस्था पनि सकारात्मक रहेको प्रमुख सचिव बिकेको भनाइ थियो ।

वार्षिकोत्सवको अवसरमा प्रदेश सरकारले सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्था, प्रदेश सरकारका विशिष्ट कर्मचारी, प्रदेश सरकार मातहत एक वर्ष भन्दा बढी सेवा गरेका उत्कृष्ट कर्मचारी, सेवानिवृत्त कर्मचारीलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…