Logo असार १, २०७८ मंगलबार


इलोजी र होलिकाको मार्मिक प्रेम काहानी

काठमाडौं । हामी होलिकालाई खलनायकको रुपमा चिन्छौँ । तर हिमचल प्रदेशमा होलिकाको प्रेम कहानी धेरैलाई थाहा छ । कथाको आधारमा होलिका एउटी विवश प्रेमीका देखिन्छिन्, जसले आफ्ना प्रेमीलाई भेट्नका लागि मृत्यु समेत अंगालिन् ।

हिरण्यकश्यपकी बहिनी होलिकाको विवाह इलोजीसँग हुनेवाला थियो । उनीहरुको विवाहको तिथि पूर्णिमाका दिन परेको थियो । विवाहको तयार भइरहेको थियो । तर हिरण्यकश्यप भने आफ्नो छोरो प्रल्हादको भक्तिदेखि हैरान थिए । छोराबाट हैरान भएका उनको छोरालाई बलि दिन स्वीकार गरे । होलिका आगोकी उपासक थिइन् । उनलाई आगोले केही गर्न सक्दैन थियो ।

त्यसैले हिरण्यकश्यपले बहिनी होलिकालाई पल्हादलाई लिएर आगोमा बस्ने प्रस्ताव राखे । तर होलिकाले यो प्रस्ताव अस्वीकार गरिन् । जब हिरण्यकश्यपले उनको विवाहलाई रोक्ने धम्की दिए तब भने होलिका बाध्य भइन् । उनले प्रल्हादलाई लिएर आगोमा बस्न स्वीकार गरिन् ।

होलिकाको यताको घटनाबारे इलोजीलाई केही पनि थाहा थिएन् । उनीहरुको विवाहको दिन इलोजी जन्ती लिएर होलिकाको घर आउँदै थिए । उता होलिका प्रल्हादलाई जलाउने कोसीसमा आफैँ जलेर भस्म भइन् । जब इलोजी जन्ती लिएर पुगे त्यसबेला सम्ममा होलिका जलेर खरानी भइसकेकी थिइन् ।

इलोजीले यो सहन सकेनन् र उनले पनि आगोमा हाम फाले । तर त्यसबेला सम्ममा आगो निभिसकेको थियो । त्यसैले उनलाई केही भएन । तर इलोजिले भने आफ्नो मानसिक सन्तुलन गुमाए । उनल मानिसलाई काठ र खरानी फाल्नको झटारो हान्न थाले । त्यहि पागल पनमा नै इलोजिले आफ्नो जिवन बिताए ।

हिमाचल प्रदेशका मान्छेहरु अझै पनि होलिका र इलोजीको प्रेम कहानी सम्झन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।