Logo फाल्गुन १४, २०७७ शुक्रबार


नेकपा नेतृ झाँक्री पक्राउपछि सरकारको चौतर्फी आलोचना,कसले के भने ?

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेकोप्रति सरकारको चौतर्फी आलोचना भएको छ ।

नेकपा आन्दोलनरत पक्षका नेता भीम रावलले आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य भएको बताउनुभएको छ । ट्वीटरमा ट्वीट गर्दै उहाँले नेतृ झाँक्रीलाई तुरून्त रिहा गर्न माग गर्नुभएको छ ।

यस्तै पूर्व प्रधानमन्त्री तथा जसपा नेता डा बाबुराम भट्टराईले ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गर्नु नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रताको हनन भएको जिकिर गर्नुभएको छ ।

ट्वीटर मार्फत उहाँले नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिएको उल्लेख गर्दै ”संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन बोल्न नपाउने भन्दै प्रश्न गर्नुभएको छ । डा भट्टराईले सरकारको आयु छोटिदै गएको दाबी समेत गर्नुभयो ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको दाबी गर्नुभएको छ । सरकारले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको उहाँको भनाइ छ । ट्वीटर मार्फत उहाँले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भत्सर्ना गर्दै विना शर्त रिहा गर्न माग गर्नुभएको छ ।

यस्तै राप्रपाका अध्यक्ष कमल थापाले पनि रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न माग गर्नुभएको छ । उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।