Logo असार १, २०७८ मंगलबार


तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार मनाइँदै

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष विदा भइ गोरु वर्ष शुरु हुने भएको छ । मञ्जुश्री पात्रो शुरु भएको २८५७ औँ वर्ष पूरा भएको छ । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचीन पद्धति हो ।

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।

हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । ल्होछारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यस्तै, तामाङ बाहुल्यता भएको बाग्मती प्रदेश र प्रदेश २ का विभिन्न स्थानिय तहहरुले ल्होछारको अवसरमा तीन दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।